BREAKING
बेनपा घटनाबारे युवा संगठन नेपाल म्याग्दीले जारी गर्यो प्रेस विज्ञप्ति | सुबेदीले कमिसन खाएको विज्ञप्तिमा उल्लेख | एमसीसीको जग्गा विप्लवको कब्जामा ! | नेकपाका कार्यकर्तामाथी आक्रमण गर्ने अपराधिक समुहलाई ,युवा संगठन नेपालले दियो कडा चेतावनी | बेनीको कालीपुल वसपार्क नदीको किनारमा डम्पिङ बन्दै | सरोकारवालाको आँखाले देखेन | {भिडियो सहित } | नेकपा नेता विप्लवको नाउँमा अदालतले जारी गर्यो ३५ दिने पक्राउ पुर्जी | अमेरिकामा मोनाको स्थापना, अध्यक्षमा रघु सुबेदी चयन | चर्चित गायक हेमन्त शर्मा अमेरिकामा सम्मानित | उनको मुहारमा छायो खुशी | लागूऔषध दुर्व्यसनी र बिकृती, बिसंगतीको बिरुद्ध युवा संगठन तनहुले गर्यो बिरोध कार्यक्रम | एकाएक पोखरा विप्लवमय बन्दै | पोखराको चोकचोकमा रातो झण्डा | विप्लव निकट युवा संगठन नेपाल म्याग्दीले जिल्ला प्रशासन म्याग्दीलाई बुझायो ज्ञापनपत्र |

निलम थापा, अमेरिका

 

 

सांगीतिक यात्राको लागि अमेरिका छिरेका चर्चित गायक हेमन्त शर्मालाई मगर संघ अमेरिकाको DMV शाखाले मगर पोशाक दिएर सम्मान गरेको छ | अमेरिकाको बाल्टिमोरमा शर्मालाई सम्मान गरिएको हो |

 

अमेरिकामा यसरि सम्मान प्राप्त गर्दा गायक शर्माले आफु ज्यादै खुशी भएको र यो अवसर प्राप्त गर्दा आफु सफल गायक भएको महशुस भएको बताए | बाल्टिमोरमा यसरि मगर संघ DMV ले गरेको सम्मान प्रति आफु आभारी रहेको र अमेरिकामा आफुलाई यो किसिमको सम्मान गर्ने पहिलो संस्था DMV भएको उनले बताए |

 

भिभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागी रहेको उक्त कार्यक्रममा गायक शर्मा र गायिका थापा सहित अन्य चर्चित कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिएका थिए | चर्चित गायक राजन ठकुरी र सृजना थापाले सालैजो, सोरथी तथा कौडा भाकाहरु गाएर कार्यक्रमलाई अझ रोमान्चित बनाएका थिए भने शर्माले पनि आफ्ना चर्चित गीतहरु पस्केर दर्शकलाई अझ मनोरंजन दिएका थिए | यसैगरि गायिका थापा र गायक रोहितले लाइभ दोहोरी गाएर दर्शकलाई थप मनोरंजन दिएका थिए |

 

चर्चित लोक तथा दोहोरी गायिका सिर्जना थापा मगरको संयोजनमा थापाकै निवासमा सम्पन्न कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको थियो | हालैमात्र भएको निर्वाचन मार्फत चुनिएका DMV शाखाका कार्यसमितिका सदस्यहरुलाई समेत कार्यक्रममा बधाईको कार्यक्रम जोडिएको  थियो | निर्वाचित कार्यसमितिका सदस्यहरुलाई चर्चित गायक हेमन्त शर्मा र चर्चित गायिका सृजना थापा मगरले अबिर, खादा, टोपी, र पछ्यौरीका साथ बधाई दिएका थिए |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय